द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री/निर्देशक झरना थापा र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले सिनेमा ‘ए मेरो हजुर २’ प्रदर्शनको लागि अस्ट्रेलियामा छन् । अस्ट्रेलियाको सिड्नी, तस्मानिया, ब्रिसबेन र मेलबर्न जस्ता शहरमा सिनेमा लिएर गएका यी दुई सुन्दरी उतै ‘होलिडे’ पनि मनाईरहेका छन् ।
अस्ट्रेलियाका रमणीयस्थलमा यी दुईले सेल्फी, भिडियो, फोटो लिदै सामाजिक संजालमा अपडेट भैरहेका छन् । देश अनुसारको भेस भनेझैँ अस्ट्रेलियामा साम्राज्ञी अझ खुलेकी छन् । उनको ड्रेसअपले सुन्दरताको बास्ना छोडीरहेको छ ।
आज हामीले यी दुई कलिउड सुन्दरीका केहि तस्विरहरु सार्वजनिक गरेका छौ । जहाँ सुन्दरी र अस्ट्रेलियाको आत्मियतालाई नजिकबाट नियाल्न सकिन्छ ।
Comment