वितरक शाहीलाई बेलायत नछिर्न कसले दियो निवेदन ?

वितरक शाहीलाई बेलायत नछिर्न कसले दियो निवेदन ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – वितरक/निर्माता गोविन्द शाही २२ तारिखमा बेलायत उड्न तयारि गरिरहेका थिए । तर, बेलायत उड्नु भन्दा २ दिन अगाडी शाहीले तनाव झेल्नु पर्यो ।

उड्न तयारी गरिरहेका बेला उनलाई बेलायती दुतावासले नउड्न सुझाव दियो । ६ महिनाको भिसा पाएका शाहीलाई आखिर किन एम्बेसीले जान रोक्यो त ?

स्रोतका अनुसार ‘ह्याप्पी डेज’का निर्माता विपी खनालले ‘ह्याप्पी डेज’को बारेमा छलफल गर्न भन्दै  बेलायत आउन स्पोन्सर गरेका थिए । तर, उड्नु भन्दा दुई दिन अगाडी दुतावासमा शाहीको नाममा निवेदन परेको भन्दै तत्कालका लागि बेलायत नउड्न सुझाव दियो । शाहीलाई बेलायत उड्न कसले र केको लागि रोक्यो ? त्यो त केहि दिनमा थाहा हुनेछ । तर, जानकारहरु भन्छन जसले स्पोन्सर गरेको हो उसले नै नरोकीकन दुतावासले रोक्न सक्दैन।

शाही यो भन्दा अघि पनि बेलायत पुगेर फर्कीसकेका हुन् । शाहीकै लगानी रहेको ‘लिलीबिली’ अहिले बेलायतका रमणीय ठाउँमा छायाँकन भैरहेको छ । मिलन चाम्सले निर्देशन गरिरहेको सिनेमामा प्रदीप खड्का, जसिता गुरुङ र प्रियंका कार्कीको मुख्य भूमिका छ ।