द सिनेमा टाइम्स, काठमाडौँ – पुष २८ गते रिलिज हुने सिनेमा ‘मिस्टर झोले’ले आफ्नो प्रचार-प्रसार थालेको छ । प्रचारको लागि यसले कभर भिडियो कम्पिटिसन अगाडी सारेको छ । केहि समय अगाडी रिलिज ‘ओखती…’ बोलको गीतलाई डान्स र ड्रामा दुवै विधामा कम्पिटिसन आव्हान गरिएको छ ।
पुष २३ गते (जनवरी ७)मा विजेता घोषणा हुने प्रतिस्पर्धाको लागि आजै देखि कभर भिडियो स्पर्धा सुरु भएको छ । अब जो कोहि इच्छुकले कभर भिडियो बनाई पुष २१ गते (जनवरी ५)सम्म ([email protected]) मा मेल गरेर भाग लिन सकिनेछ ।

यो प्रतिस्पर्धामा प्रथम हुनेले १ लाख ५५ हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुने १ लाख ५ हजार नगत पुरस्कार जित्नेछन् । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित ‘मिस्टर झोले’लाई टेकेन खड्काले निर्माण गरेका हुन् ।
रामबाबु गुरुङको कथा/निर्देशन रहेको सिनेमामा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्दी तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ । कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको सिनेमामा रवी न्यौपानेको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी छ ।
https://youtu.be/nDIzVRnDWoM

Comment