होचा कलाकार दिपेन शाहको निधन !

होचा कलाकार दिपेन शाहको निधन !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – नेपालको सबै भन्दा होचा कलाकार दिपेन शाहको १९ वर्षको उमेरमा निधन भएको छ । केहि वर्ष यता बोनम्यारो रोगबाट पिडित दिपेनको विहिबार बिहान करिब ९ बजे ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा निधन भएको कलाकार गोपाल ढकालले जानकारी दिए ।

दिपेनले हाँस्य टेलीसृंखला ‘झ्याईकुटी झाई’मा ‘दिपेन सर’ भूमिका निर्वाह गरेर चर्चामा आएका थिए । दिपेनले केहि सिनेमामा समेत अभिनय गरेका छन् । धादिङ घर भै राजधानीमा डेरामा बस्दै आएका दिपेनको उचाई जम्मा ३१ इन्च मात्र थियो ।