द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेत्री दीपिका पादुकोणका पुर्वप्रेमी निहार पाण्डेले रानी लक्ष्मीबाईको बायोपिक ‘मनिकर्निका’बाट बलिउड डेब्यु गर्ने भएका छन् । निहार दीपिकाका रणवीर सिंह र रणवीर कपूर भन्दा पहिलेका प्रेमी थिए ।
घोषणा भए देखिनै निक्कै चर्चामा रहेको ‘मनिकर्निका’मा बलिउड ‘क्विन’ कंगना रनाउतले मुख्य भूमिका निर्वाह गर्दैछिन् । सिनेमा भित्र निहार बाजिराव (दोस्रो)को भूमिकामा अभिनय गर्नेछन् । अहिले निहारले ‘मनिकर्निका’को लागि निक्कै तयारि गरिरहेका छन् ।
कृष जगरलमुदीले निर्देशन गर्ने सिनेमामा कमल जैन र जी स्टुडियोको लगानी हुनेछ । सिनेमाको रिलिज डेट आगामी बर्षको अप्रिल २७ छनोट गरिएको छ ।

Comment