अमेरिकास्थित सन् फ्रान्सिस्कोमा सम्पन्न ‘सन फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा फिल्म ‘पञ्चायत’ले उत्कृष्ट फिल्मको पुरस्कार पाएको छ । यही फिल्मबाट नायिका नीता ढुंगानाले उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी छन । फेस्टिभलमा विश्वका २ सय १६ फिल्महरु सहभागी थिए । नेपालबाट पञ्चायत छनोट भएको थियो ।पञ्चायतमा किशोरीको भूमिकामा निताको सशक्त अभिनय रहेको छ ।

शिवम अधिकारी निर्देशित ‘पञ्चायत’ ले पचास वर्ष अघि एक किशोरीले भोग्नु परेको पिडालाई बताउँछ । फेस्टिभलमा सहभागी हुन नीता गत साता अमेरिका पुगेकी थिइन् ।‘पञ्चायतका कार्यकारी निर्माता रबि अधिकारी हुन ।

Comment