सलमानको ‘टाइगर जिन्दा हे’ फष्टलुक पोष्टर सार्वजनिक

सलमानको ‘टाइगर जिन्दा हे’ फष्टलुक पोष्टर सार्वजनिक

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौं – सलमान खानको मुख्य भुमिका रहेको सिनेमा ‘टाइगर जिन्दा हे’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । सिनेमाको पोष्टर सलमान आफैले सार्वजनिक गरेका हुन् । उनले आफ्नो ट्विटर अकाउन्टमा ‘टाइगर इज ब्याक’ लेख्दै फोटो सेयर गरेका छन् । सार्वजनिक पोष्टरमा सलमानसँगै सिनेमाकी मुख्य नायिका कट्रिन कैफ पनि देखिएकी छिन् । पोष्टरमा दुवैजना एक्सन अवतारमा देख्न सकिन्छ । ‘यशराज फिल्मस्’को व्यानरमा निर्माण भएको सिनेमालाई अलि अब्बास जफरले निर्देशन गरेका हुन् । ‘एक था टाइगर’को सिक्वेलका रुपमा निर्माण भएको सिनेमा ‘टाइगर जिन्दा हे’ डिसेम्बर २२ बाट प्रदर्शनमा आउदै छ