‘ह्याप्पी न्यु ईयर’को गीत सार्वजनिक, यस्तो देखियो सन्ध्या र कुशलको केमेष्ट्री

‘ह्याप्पी न्यु ईयर’को गीत सार्वजनिक, यस्तो देखियो सन्ध्या र कुशलको केमेष्ट्री

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘ह्याप्पी न्यु ईयर’को शिर्ष गीत सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा विनोद ढकालको शब्द तथा संगीत रहेको छ भने गीतमा नवराज बस्नेतले स्वर दिएका छन्। रोहण नेपालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य दुई पात्र कुशल थापा र सन्ध्या केसी फिचारीङ छन्।

लभ स्टोरी जनारमा निर्माण भएको सिनेमालाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन्। सिनेमाको अधिकंश छायाँकन अष्ट्रेलियामा गरिएको छ। बेन्जामिन ड्रेले खिचेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका छन्। कुशल थापाको कथा रहेको सिनेमामा क्रिशल थापाको लगानी रहेको छ। सिनेमा पौष १४ गते देखि प्रदर्शनमा आउदै छ।