डेब्युमै चर्चा कमाएका झरनाका पाँच विधा !

डेब्युमै चर्चा कमाएका झरनाका पाँच विधा !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – पछिल्लो समय चर्चा र प्रतिक्षामा रहेको सिनेमा ‘ए मेरो हजुर २’ रिलिज हुन् अब मात्र तीन दिन बाँकी छ ।  विभिन्न कारणले चर्चामा रहेको यस सिनेमाको निर्देशक झरना थापा हुन् ।

पहिलो निर्देशकीय सिनेमाबाटै यति धेरै चर्चा पाएकी झरनाको डेब्यु सिनेमाले बक्सअफिसमा कस्तो प्रदर्शन गर्ला त ? सिने सर्कलमा विभिन्न खाले अडकलबाजी भैरहेका छन् । जे होस् सिनेमाको सुरुवाती चर्चाले नै बक्सअफिस नतिजा बल्कबस्टर आउँने आँकलन धेरैले गरेका छन् ।

निर्देशक झरना थापाको साथमा ‘ए मेरो हजुर २’ टिम

यो क्षेत्रमा दुई दशक विताएकी झरनाले सिने क्षेत्रका थुप्रै विधामा हात हालेकी छन । त्यसमध्ये झरना डेब्यु गरेका पाँच विधा हामीले यहाँ प्रस्तुत गरेका छौ । जुन विधाको डेब्युबाट झरनाले निक्कै चर्चा पाएकी थिइन् ।

अभिनय: सिनेमा ‘दाईजो’मा क्यारेक्टर भूमिकामा देखिएकी झरनाले अभिनेत्रीको रुपमा ‘धर्मसंकट’बाट डेब्यु गरिन । सिनेमाले झरनालाई राम्रै चर्चा दियो । सिनेमाको एक गीत ‘लुकिछिपी लुकिछिपी हेर्नेले…’ अहिले पनि दर्शक माँझ ताजै छ । सिनेमामा झरनाले पहिलो पटक रमेश उप्रेतीसँग स्क्रिन शेयर गरेकी थिइन् ।

सिनेमामा समावेश हिट गीत:

निर्माण: २०५४ सालमै झरनाले आफ्नै होमप्रोडक्सको ‘धर्मसंकट’बाट निर्माणमा पनि हात हालेकी थिइन् । आफ्नै निर्माणको सिनेमाबाट डेब्यु गरेकी झरनाले होमप्रोडक्सनबाटै निर्देशनमा पनि हात हालेकी छन् । यो सिनेमामा राजेश हमाल, शिव श्रेष्ठ, गौरी मल्ल, रमेश उप्रेती लगायतका कलाकारको पनि अभिनय थियो ।

बिज्ञापन: झरनाले करिब ८-१० वर्ष अगाडी बिज्ञापनमा अभिनय गरेको सम्झिनछिन् । उक्त समयमा झरनाले सिमोस सुनुवारको निर्देशनमा यति कार्पेटको व्यवसायिक विज्ञापनमा अभिनय गरेकी थिइन् । उक्त विज्ञापनले पनि एक किसिमको चर्चा बटुलेको थियो ।

म्युजिक भिडियो: झरनाले पहिलो पटक अभिनय गरेको म्युजिक भिडियो ‘दिन ढल्यो अँधेरी रातमा…’ हो । उक्त समयमा सफल ठहरिएको यो गीत अहिले पनि दर्शक श्रोता माँझ लोकप्रिय छ । यो गीतमा झरनाले अभिनेता जीवन लुइँटेलसँग क्यामेरा फेस गरेकी थिइन् । ज्ञानेन्द्र गदालले रचना गरेको गीतमा गणेश पराजुलीको संगीत र यसोधा पराजुलीको स्वर रहेको छ ।

डेब्यु म्युजिक भिडियो:-

निर्देशन: सुनिलकुमार थापाले निर्माण गरेको सिनेमा ‘ए मेरो हजुर २’बाट झरनाले निर्देशनमा डेब्यु गरेकी छन् । अभिनय यात्रा सुरु गरेको २० वर्षमा उनले डेब्यु निर्देशन गरेको सिनेमा रिलिज हुदैछ । यो सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, बुद्दी तामाङ, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ ।

निर्देशकीय डेब्यु सिनेमाको ट्रेलर:-

ए मेरो हजुर २ को क्रेज: