द सिनेमा टाइम्स, काठमाडौँ – कार्तिक २ लाई प्रदर्शन मिति तोकेको सिनेमा ‘ऐश्वर्य’ एक साता पछाडी धकेलिएको छ । कार्तिक २ मा थुप्रै नेपाली र विदेशी सिनेमाहरु भिड्ने भएपछी ‘ऐश्वर्य’ले आफ्नो रिलिज मिति एक साता पछाडी सारेको हो । अब सिनेमा छठको अवसर पारेर कार्तिक ९ गते प्रदर्शन हुनेछ ।
‘वितरक र निर्माताको समझदारीमा हामीले सिनेमा एक साता पछाडी सारेका हौ । नेपाली दुई-तीन वटा सिनेमा रिलिज हुँदा लगानीकर्ता र सिंगो सिने क्षेत्रलाई नै घाटा हुने भएपछी हामीले सिनेमा रिलिज सारेका हौ । हामि यहाँ बक्सअफिस हार जितका लागि आएका हैनौ र डराएर भागेका पनि हैनौ । यदि समझदारीमा सबै सिनेमालाई हित हुन्छ भने हामी जहिले पनि सिनेमा सार्न सक्छौ ।’ निर्माता एवम् अभिनेता रमेश उप्रेतीले बताए ।
दिवाकर भट्टराई निर्देशित सिनेमामा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी , प्रशान्त ताम्राकार , केशव भट्टराई , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेन्जु योन्जन , अर्जुन जंग शाही , सुनिता ठाकुर लगायतको अभिनय रहेको छ । सिनेमामा किरण राणा उप्रेती र अर्जुन श्रेष्ठ निर्माता रहेका छन् भने, निर्मल शर्मा सह- निर्माता रहेका छन् । सिनेमामा दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेल र बिराज गौतम संगीत , र द्वन्द हिमाल केसीको रहेको छ ।
कार्तिक २ को डेटमा रेखा थापा/आर्यन सिग्देल स्टारर ‘रुद्रप्रिया’ र आमिर खान स्टारर ‘सेक्रेट सुपरस्टार’ प्रदर्शनमा आउँदै छन् ।

Comment