द सिनेमा टाइम्स, काठमाडौँ । भदौ ३० गते बाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘जोनी जेन्टलम्यान’ले आफ्नो प्रचार-प्रसार सुरु गरेको छ ।शुक्रबार सिनेमाका मुख्य कलाकार पल शाह, आँचल शर्मा, निर्माताहरु एन्ड्रिउ पौडेल र अजय मल्लले चितवनबाट सिनेमाको प्रचार थालनी हुन् ।

चितवनमा सिनेमा युनिटले जेन्टलम्यान क्लबको नाममा चितवनमा रहेर सामाजिक क्षेत्रमा काम गर्ने दुई जना समाजसेवी बिशेष सम्मान कार्यक्रम गरेको थियो । समाजसेवी तथा उद्योग वाणिज्य संघका चितवनका अध्यक्ष राजन गौतम र अर्की समाजसेवी छाया श्रेष्ठलाई जेन्टलम्यान क्लब बिशेष सम्मान गरेको थियो ।

कार्यक्रमा बोल्दै सिनेमाकी अभिनेत्री आँचल शर्माले राम्रो काम गर्ने मान्छे नै जेन्टलम्यान भएको बताइन। अभिनेता पल शाहले आफुले एउटा राम्रो सिनेमामा काम गरेको र सिनेमा राम्रो भनेको भन्दै उपस्थित दर्शकलाई हेर्न अनुरोध गरेका थिए । युवा व्यवसायी तथा सिनेमाका निर्माता एन्ड्रिउ पौडेलले युवा युवतीलाई टार्गेट गरेर सिनेमा निर्माण गरेको बताए। कार्यकारी निर्माता अजय मल्लले एकदमै मेहेनत गरेर सिनेमा निर्माण गरेको हुनाले सबैलाई हेर्न आग्रह गरे ।

यस कार्यक्रम अघि सिनेमा युनिटले चितवनका पत्रकारहरु सँग भेटघाट कार्यक्रम समेत गरेको थियो । पत्रकार भेटघाटमा बिशेष गरेर आफुहरुले करोडौ लगानी गरेर निर्माण गरेको यस सिनेमालाई सपोट र सहयोग गर्दिनु हुन् अनुरोध गरेका थिए । अभिनेता पल शाहले आफुले अरु सिनेमामा जस्तै यसमा पनि धेरै मेहेनेत गरेको र सिनेमा निकै राम्रो बनेको बताए ।

नितिन चन्दको निर्देशन रहेको ‘जोनी जेन्टलम्यान’मा हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ । भने, प्रशान्त तामाङको नृत्य र प्रकाशविक्रम शाहको द्धन्द्ध निर्देशन रहेको छ ।

Comment