सुदर्शनसँग काम गर्दा सहजता हुन्छ: पुजा शर्मा

सुदर्शनसँग काम गर्दा सहजता हुन्छ: पुजा शर्मा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री पुजा शर्मा नेपाली सिने क्षेत्रका लागि चर्चित र आशालाग्दी सदस्य हुन् । संचारकर्मी, मोडलिङ हुँदै सिनेमा क्षेत्रमा प्रवेश गरेकी पुजा यो मितिसम्म आईपुग्दा धेरै दर्शकको ढुकढुकी भैसकेकी छन् ।

सुगम पोखरेलको ‘पाठशाला’बाट मोडलिङमा डेब्यु गरेकी पुजाले प्रशान्त तामाङको ‘असारे महिना’ र ‘सुदर्शन थापा’को निर्देशनमा बनेको ‘मुस्कान’ गीतको भिडियोमा मोडलिङ गरिन् ।

हिमालयन टेलिभिजनमा काम गर्दै गर्दा पुजा कहिले पनि सोचेकी थिइनन्, सिनेमामा काम गरेर यति धेरै प्रंशसा कमाउछु भनेर । पुजालाई यहाँसम्म बाटो देखाउँन सुदर्शन थापाको ठुलो हात छ । सुदर्शनले निर्देशन गरेको ‘मधुमास’मा पुजा ब्रेक पाइन् । तर, सिनेमा बक्सअफिसमा सोचेजस्तो नभएपनि उक्त सिनेमाबाट पुजाले डेब्यु अभिनेत्रीको अवार्ड उचालिन । यसपछीका सिनेमा ‘अझै पनि’, ‘चंखे शंखे पंखे’ले बक्सअफिसमा  राम्रो व्यापार नगरेपनि पुजाको अभिनय नोटिस भयो ।

करिब २ वर्ष अगाडी रिलिज भएको ‘प्रेमगीत’ले पुजालाई स्थापित बनाईदियो । सिनेमा सफल भएपछी पुजालाई अफरको ओइरो लाग्यो । तर, उनले कम/राम्रा सिनेमामा मात्र अभिनय गर्ने सोच राखिन् । पुजाले अहिलेसम्म सबै सुदर्शन थापाका सिनेमामा अभिनय गरेकी छन् ।

सुरुवात देखिनै एकै निर्देशकसँग काम गर्नु कारण के हो ? भन्ने प्रश्नमा पुजाले सुदर्शनसँग काम गर्दा सहजता महशुस हुने बताउँछिन । ‘सुरुवात देखि नै उहाँसँग काम गरे । मैले उहाँको कामलाई नजिकबाट नियालेकी छु । उहाँले पनि मेरो कामलाई चिन्नु भएको छ । एकअर्काको काम बुझ्ने भएकाले सँगै काम गरिरहेका छौ ।

अहिले दर्शकले धेरै भन्दा पनि राम्रा सिनेमा हेर्न रुचाउनु हुन्छ । सुदर्शन राम्रा सिनेमा बनाउँदै आइकोले उहाँसँगको सहकार्यमा दर्शकलाई थोरै तर राम्रो सिनेमा दिउ भनेर बाहिरको सिनेमा नगरेको हो । यदि राम्रो टिम र स्क्रिप्ट आयो भने अवस्य पनि अन्य निर्देशकका सिनेमा गर्नेछु ।’

‘म यस्तो गीत गाउँछु’सम्म आईपुग्दा पुजा निर्मात्री समेत बनेकी छन् । पहिले अभिनेत्री हुदै सिनेमा मेकिङमा आउँदा धेरै कुराको जिम्वेवारी थपिएको र धेरै कुरा सिक्न पाएको बताउँछिन् ।

‘म यस्तो गीत गाउँछु’ यहिँ शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । वर्षको प्रतिक्षित सिनेमाबाट अभिनेत्रीले अहिले दर्शकको प्रतिक्रिया प्रतिक्षा गरिरहेकी छन् ।