‘प्रेमगीत २’को ट्रेलर सेयर गर्दै सुदर्शनले दिए शुभकामना !

‘प्रेमगीत २’को ट्रेलर सेयर गर्दै सुदर्शनले दिए शुभकामना !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । दुई बर्ष अगाडी प्रदर्शनमा आएको सिनेमा ‘प्रेमगीत’मा सुदर्शन थापाको निर्देशन र सन्तोष सेनको लगानी थियो । सांगीतिक प्रेमकथामा निर्माण भएको सिनेमाले निर्माता सन्तोष सेन, कलाकार प्रदिप खड्का, पुजा शर्मा, र संगीतकार अर्जुन पोखरेल सबैलाई सफलता दियो ।

यसअघि सुदर्शन र सन्तोषले ‘चंखे शंखे पंखे’मा पनि टिमअप गरेका थिए । ‘प्रेमगीत’ रिलिज भएको १ बर्ष पछी निर्देशक/अभिनेत्री एकतर्फ र निर्माता/अभिनेता एकतर्फ भएर नयाँ सिनेमाको घोषणा गरे । त्यसपछी मिडियामा निर्देशक र निर्माताको सम्वन्ध विग्रेका गसिपहरु छाईरहे ।

गसिपका वावजुत दुवै सिनेमा प्रदर्शनको मुखमा छन् । तर, अझैसम्म पनि मिडियामा यी दुई सिनेकर्मीको सम्वन्ध र ‘म यस्तो गीत गाउँछु’/’प्रेमगीत २’का प्रचार सामाग्रीलाई लिएर दुई तर्फी मत सिर्जना भैरहेका छन् ।

यी दुवैले आफ्नो सम्वन्धका बारेमा सार्वजनिक स्थानमा मुख खोलेका छैनन् । अन्तत: सुदर्शन थापाले आज रिलिज भएको ‘प्रेमगीत २’को ट्रेलर आफ्नो फेसबुकमा सेयर गर्दै उनिहरु विचको सम्वन्ध बिग्रेको थिएन भन्ने जवाफ दिएका छन् । सुदर्शनले आफ्नो वालमा ट्रेलर सेयर गरेर ‘प्रेमगीत २’लाई सफलताको शुभकामना समेत दिएका छन् । यो बाट के प्रष्ट हुन्छ ? भने ‘म यस्तो गीत गाउँछु’ टिम ‘प्रेमगीत २’को विरुद्दमा छैन ।

सिने क्षेत्रमा आफ्नो सफलतामा रमाउने भन्दा पनि अरुको असफलतामा रमाउने झुण्डको पनि कमि छैन । यहिँ झुण्डका कारण घरभित्रै धरै सिनेकर्मी विच मनमुटावको वातावरण सिर्जना भैरहेको छ । तर, त्यस्ता झुण्ड केहि समयमै हराउने र उत्पति हुने भै नै रहन्छन । यसले सिने क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर गरिरहेको छ । त्यसैले केहि गर्न चाहने सिनेकर्मीहरुले उक्त झुण्डलाई चिन्न सक्नु पर्ने जरुरि छ । जुन झुण्डले दुई विचको सम्वन्धमा धमिराको भूमिका निर्वाह गरिरहेको छ ।