बाहुबली क्रेज: पूर्व राजपरिवार पनि हलमा

बाहुबली क्रेज: पूर्व राजपरिवार पनि हलमा

The Cinema Times

भारतमा एकपछि अर्को बक्सअफिस रेकर्ड ब्रेक गर्दै सर्वकालिन कमाइ गर्ने फिल्मको रेकर्ड बनाउने दिशामा बढिरहेको  ‘बाहुबली: द कन्क्लुजन’ले चौतर्फी तारिफ बटुलिरहेको छ ।

फिल्मको क्रेजले नेपालको  पूर्व राजपरिवारलाई समेत हलसम्म तानेको छ। पूर्वराजपरिवारका सदस्यले शुक्रबार साँझ ५:३० बजे काठमाण्डौंको सुन्धरास्थित सिटिसी मलको सिने डाइन हलमा फिल्म हेरेका छन् ।

फिल्म हेर्न बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह बुहारी पूर्व युवराज्ञी हिमानी शाह तथा नाति नातिनासहित राजपरिवारका अन्य सदस्यको पनि उपस्थिति रहेको थियो ।राजपरिवारले फिल्म हेर्नका लागि १७ वटा टिकेट खरिद गरेको हलका म्यानेजर विकेश बस्नेतले बताए ।फिल्मले नेपालमा पनि आक्रामक व्यापार गरिरहेको छ। दोस्रो सातामा आइपुग्दा पनि फिल्म हेर्न  फिल्म हलहरूमा दर्शकको चाप कायमै छ ।