‘लप्पन छप्पन’युनिटले प्रेससँग के भने

‘लप्पन छप्पन’युनिटले प्रेससँग के भने

The Cinema Times

यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘लप्पन छप्पन’ ले बुधबार राजधानीमा प्रेससँग भलाकुसारी गरेको छ । निर्देशक मुकुन्द भट्ट, अभिनेता अर्पण थापा, नायिका बर्षा सिवाकोटी र दुई नव नायक प्रकाशजंश शाह र सिड खरेलले मिडियासँग फिल्मबारे अन्र्तक्रिया गरे । तर नायक फिल्मका अर्का अभिनेता दयाहाङ राई भने राजधानीमै भएर पनि प्रेसमिटमा सहभागी भएनन् । अभिनेता सौगात मल्ल भने निशा अधिकारीले निर्माण गर्दै गरेको फिल्म ‘झ्नाकुटी’ छायाँकनका कारण ‘लप्पन छप्पन’ को प्रेसमिटमा सहभागी हुन पाएनन् ।   फिल्म लूटको कथाबाट प्रभावित छ त ? भन्ने प्रश्नमा निर्देशक मुकुन्द भट्ट भन्छन्,’घटनाहरु एउटै प्रकृतिका घट्छन् तर कथा एउटै हुँदैन।’उनले फिल्म लूटबाट आफ्नो फिल्म लप्पनछप्पन प्रभावित नभएको प्रस्ट पारे। फिल्ममा नकारात्मक भूमिका निभाएका अभिनेता अर्पण थापाले फिल्म फरक भएकै कारण आफूले चुनेको बताए ।  नायिका बर्षा सिवाकोटि भन्छिन्,  यो मेरो चलचित्र हो । मैले मेहनत गरेको छु । अहिले अरु चलचित्र भन्दा पनि लप्पन छप्पन नै बढि प्राथमिकतामा छ । त्यसकारण मेरो पूरा समय लप्पन छप्पनलाई नै छ ।  ट्रेलर रिलिजपछि हाईप बनाएको ‘लप्पन छप्पन’ ले दर्शकमाझ पनि राम्रै  छाप छोडोस।