दर्पणछायाँ २’को तरगं नौलो गीत सार्वजनिक

दर्पणछायाँ २’को तरगं नौलो गीत सार्वजनिक

The Cinema Times

दर्पणछायाँ २’को दोस्रो गीत रिलिज भएको छ। फिल्मको ‘तरंग नौलो’ बोलको गीत रिलिज गरिएको हो।तुलसी घिमिरे निर्देशित फिल्म आउँदो फागुन २७ गते रिलिज हुँदैछ। फिल्ममा पुष्पल खड्का, सहारा कार्की एवम् श्रद्धा प्रसाईको  मुख्य अभिनय रहेको छ।सागीतिक प्रेमकथामा आधारित फिल्मको यस गीतमा मेलिना राईको स्वर रहेको छ। गीतका संगीतकार रञ्जित गजमेर हुन्।घिमिरेकै निर्देशनमा बनेको, १६ वर्ष अघि रिलिज भएको सुपरहिट फिल्म ‘दर्पणछायाँ’को नामलाई लिदैं फिल्म निर्माण गरिएको हो। नाम उहि भए पनि फिल्म सो फिल्मको सिक्वल भने होइन।यस फिल्मले पनि दर्शकहरूको मन सो फिल्मले जस्तै गरि जित्ने अनुमान निर्माणपक्षको रहेको छ।फिल्ममा छडुप लामाको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, भारती घिमिरे र प्रकाश बराइलीको सम्पादन रहेको फिल्मलाई सवु गदाल कार्कीले निर्माण गरेका हुन्।