‘राधे’को कमाण्डो लुकमा यस्तो छ निखिलको एक्सन स्टाइल[भिडियो]

‘राधे’को कमाण्डो लुकमा यस्तो छ निखिलको एक्सन स्टाइल[भिडियो]

The Cinema Times

निखिल उप्रेती स्टारर ‘राधे’को टिजर रिलिज भएको छ। टिजरमा निखिललाई एक कमाण्डोको भूमिकामा प्रस्तुत गरिएको छ। जगदिश्वर थापाको लेखन तथा निर्देशन रहेको फिल्म वैशाख १ गते रिलिज हुँदैछ। फिल्मको केही समय अगाडी रिलिज भएको ‘मलाई माफ गर प्रिया’ले दर्शकहरूमाझ लोकप्रिय हुँदै गइरहेको सन्दर्भमा रिलिज भएको टिजरले पनि दर्शकको मन छूने अपेक्षा गरिएको छ। फिल्म निखिलका अलावा प्रियंका कार्की, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, शिशिर भण्डारी तथा सलोन बस्नेतको अभिनय रहेको छ।फिल्मलाई सुशिल पोखरेलले निर्माण गरेका हुन्।