‘२ रूपैयाँ’मा निश्चल भए फाइनल

‘२ रूपैयाँ’मा निश्चल भए फाइनल

The Cinema Times

‘लुट २’को रिलिजको तयारीमा रहेका निश्चल बस्नेतको सक्रियता निर्देशनसँगै अभिनयमा रहेको छ। उनले झण्डै आधा दर्जन फिल्ममा सानो ठूलो रोलमा अभिनय गरिसकेका छन्। अब उनी छिट्टै फ्लोरमा जान लागेको एक फिल्ममा मुख्य अभिनेताका रूपमा अनुबन्धित भएका छन्।

निश्चल आसिफ शाहको निर्देशकिय डेब्यू फिल्म ‘२ रूपैयाँ’मा मुख्य अभिनेताका रूपमा अनुबन्धित भएका हुन्। फिल्ममा अभिनेतासँगै उनी निर्माताका रूपमा पनि रहने छन्। फिल्मका उनी सहनिर्माता हुन्।

फिल्म निर्माणका लागि उनको ब्ल्याक हर्स पिक्चर्सले जी ट्वानटी वानसंग संयूक्तरूपमा ब्यानर साझेदारी गर्नेछ।

‘दुइ रुपैयाँ’मा निश्चलका अलावा निर्देश शाह, बुद्धि तामाङ, प्रमोद अग्रहरी, राजन इशान, रविन्द्र झा लगायतको अभिनय रहने छ। फिल्मको हिरोइन भने निर्माण पक्षले गोप्य राखेको छ।