‘दंगल’को झण्डै आधा कम रकममा किनियो ‘रईश’ र ‘काबिल’को नेपाल राइट

‘दंगल’को झण्डै आधा कम रकममा किनियो ‘रईश’ र ‘काबिल’को नेपाल राइट

The Cinema Times

२५ जनवरीमा एकसाथ भिडन्तको तयारीमा रहेका दुई बलिउड फिल्म ‘रईश’ र ‘काबिल’को नेपाल वितरण अधिकार ४ करोड ४० लाख नेपाी रूपयाँ एमजीमा किनिएको छ। नेपालमा फिल्म ल्याएको गोपीकृष्ण मुभिजले शाहरूखको ‘रईश’लाई २ करोड ४० लाख र ऋतिकको ‘काबिल’लाई २ करोड नेपाली रूपयाँ एमजी तिरेको हो।

सेतोपाटी डटकममा प्रकाशित समाचारका अनुसार आमिर खानको ‘दंगल’ तथा सलमान खानको ‘सुल्तान’ भन्दा सस्तोमा यी दुई फिल्म नेपाल भित्रिएका हुन्।
गोपीकृष्णले ‘दंगल’ एक्लैका लागि लागि ४ करोड नेपाली रूपयाँ अग्रिम बुझाएर कमिशनको आधारमा नेपाल ल्याएको थियो भने ‘सुल्तान’लाई ३.२० करोड रूपयाँ दिएको थियो।

यस प्रावधान अनुसार नेपालमा दुई फिल्मले व्यापार गरे पनि नगरे पनि न्यूनतम उक्त रकम ती फिल्मका निर्मातालाई बुझाउनुपर्ने हुन्छ। त्यस्तै तत:पश्चातको आम्दानी भने नाफाको आधारमा बाँडिनेछ।