ऋतिकले राखे नेपाली तेरियासँग एउटै फिल्ममा काम गर्ने प्रस्ताव

ऋतिकले राखे नेपाली तेरियासँग एउटै फिल्ममा काम गर्ने प्रस्ताव

The Cinema Times

भारतिय टिभी शो ‘झलक दिखला जा’को ९ औं संस्करण विजेता तेरिया मगरलाई बलिउड अभिनेता ऋतिक रोशनले फिल्ममा सँगै काम गर्ने प्रस्ताव गरेका छन्। आफ्नो ‘काबिल’फिल्मको प्रचारका लागि सो कार्यक्रममा पुगेका ऋतिकले तेरियालाई यस्तो प्रस्ताव राखेका हुन्।

१४ वर्षिया तेरियाले सलमान यूसूफ खान र शांतनु माहेश्वरीलाई पन्छाउँदै विजयी बनेकी हुन्। अभिनेता सलमान खानले उनी विजयी भएको घोषणा गरेका थिए। शोको बिचबाटै आउट भएकी तेरिया वाइल्ड कार्ड पाउँदै पुन: शोमा प्रवेश भएकी थिइन्।

तेरिया ‘डान्स इन्डिया डान्स’ विजेता पनि हुन्। उपाधिपछि तेरियाले बलिउडमा प्रवेश गर्ने चाहना राखेकी छन्। उनलाई नायिका सोनाक्षी सिन्हासँग काम गर्ने इच्छा छ।

फाइनल जितेपछि तेरियाले भनिन्,‘मलाई थाहा छैन कि, यो शो जितेपछि म के गर्नेछु। तर, मलाई बलिउडमा प्रवेश गर्न मन छ। बलिउडलाई टीभीमै हेरेर म ठूली भएकी हुँ। मौका मिल्यो भने म बलिउडमा प्रवेश गर्न चाहन्छु।’