प्रियंकाले गरिन् ट्रम्पविरोधी महिला मार्चको समर्थन

प्रियंकाले गरिन् ट्रम्पविरोधी महिला मार्चको समर्थन

The Cinema Times

अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले सपथ लिएको एक दिनपछि उनको विरोधमा महिलाहरूले गरेको मार्चको बलिउड अभिनेत्री प्रियंका चोपषाले समर्थन जनाएकी छन्। व्यस्त सुटिङ तालिका कारण उनी स्वयम भने यस मार्चपासमा सअभागी हुन पाइनन्।

उनले ट्विटरमा, ‘महिला मार्चमा भाग लिइरहेका सबै दाजुभाइ तथा दिदीबहिनीप्रति मलाई गर्व छ। मलाई यसमा सहभागी हुन नपाएकोमा दु:ख छ। महिलाको अधिकार मानव अधिकार हो।’

प्रियंका यतिबेला हलिउड फिल्म ‘बेवाच’को सुटिङमा सहभागी हुन् लस एन्जल्समा छिन्।