फेसबुकबाट लिक भयो यस वर्षको बल्कबस्टर फिल्म ‘६क्का पन्जा’

फेसबुकबाट लिक भयो यस वर्षको बल्कबस्टर फिल्म ‘६क्का पन्जा’

The Cinema Times

यस वर्षको ब्लकवस्टर फिल्म ‘छक्का पञ्जा’ फेसबुकबाट लिक भएको छ। फिल्म प्रदर्शनका क्रममा यतिबेला युरोप पुगेका फिल्मका निर्माता एवम् कलाकार दीपक राज गिरीले फेसबुकमा स्टाटस लेख्दै फिल्म लिक भएको जनाएका हुन्।

दीपकसँगै फिल्मकी निर्देशक दीपाश्री निरौला पनि युरोपमा छन्। फेसबुकमा अर्जुनकुमार श्रेष्ठ नामको अकाउण्टबाट फिल्म अपलोड भएको छ।

गिरीले फिल्मको स्टाटस लिकं फेसबुकमा सेयर नगर्न आग्रह गरेका छन्। स्टाटसमा गिरीले भ्रमण छोट्याउँदै नेपाल आउन लागेको बताउँदै नेपाल आएपछि कानुनी प्रक्रियामा लाग्ने फेसबुकमा छन्।

नेपाली वक्सअफिसमा १६ करोड बढीको कारोबार गर्दै सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड बनाएको फिल्म भोलि नै युट्युबमा सार्वजनिक हुनसक्ने पनि दीपकले आफ्नो स्टाटसमा लेखेका छन्।