स्वर्गीय श्रीकृष्णको नाममा स्वेताले गरिन् सामाजिक संस्थालाई सहयोग

स्वर्गीय श्रीकृष्णको नाममा स्वेताले गरिन् सामाजिक संस्थालाई सहयोग

The Cinema Times

अभिनेता स्वर्गीय श्रीकृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ, उनको जन्म दिन पारी पत्नी श्वेता खड्काले सामाजिक संस्थालाई सहयोग गर्दै उनलाई याद गरेकी छिन् । स्वेताले घर आँगन नामक सामाजिक संस्थालाई निर्देशक/अभिनेत्री दिपाश्री निरौला मार्फत १ लाख ५० हजार सहयोग गरिन ।

उक्त सहयोग राकमको चेक संस्थाका अध्यक्ष दीपक सिलवाललाई उनीहरुले हस्तान्तरण गरे । बिहिबार दरबार मार्गमा स्वेताले आफै संचालन गरिरहेको हिमालय जाभा कफी सपमा एक जमघट गर्दै उक्त संस्थालाई आर्थिक सहयोग गरेकी हुन् । रकम हस्तान्तरण गर्दै श्वेताले भनिन्, ‘उहाँले यसरी नै आफ्नो जन्मदिनमा सामाजिक सेवा गर्नु हुन्थ्यो । मैंले उहाँको चाहनालाई निरञ्तरता दिएको हुँ ।’

श्वेताको सामाजिक कार्यको प्रशंसा गर्दै दीपाले पनि स्व.अभिनेता श्रीकृष्णलाई कहिल्यै नर्बिसिने बताइन् । ४७ वर्षिय श्रीकृष्णको गत ०७१ सलमा निधन भएको थियो ।