‘२ रुपैयाँ’को सुखद सुरुवात, मल्टीप्लेक्समा देखियो निश्चलको क्रेज

‘२ रुपैयाँ’को सुखद सुरुवात, मल्टीप्लेक्समा देखियो निश्चलको क्रेज

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘२ रुपैयाँ’ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । सिनेमाले सिंगलमा भन्दा मल्टीप्लेक्समा राम्रो प्रदर्शन गरिरहेको छ ।

ब्लकबस्टर गीत ‘कुटुमा कुटु’ र ट्रेलरले बनाएको हाइपले गर्दा सिनेमाले नेपाली बक्सअफिस विकेन्डमा सुखद प्रदर्शन गर्न सफल भएको हो । मल्टीप्लेक्समा निर्देशक निश्चल बस्नेतको क्रेज देखियो । निर्देशनमा चर्चा कमाएका निश्चलको अभिनय हेर्न मल्टीप्लेक्समा दर्शक ओइरिएका छन् ।

मल्टीप्लेक्समा सर्वाधिक शोज पाएको सिनेमाले शुकबार भन्दा शनिबार राम्रो व्यापार गर्यो । शनिबार प्राय जसो हल हाउसफुल हुँदा ‘२ रुपैयाँ’को अकुपेन्सी ९० प्रतिशत रह्यो ।

सिनेमाको विकेन्ड कलेक्सन सार्वजनिक भैसकेको छैन । तीन दिनको कलेक्सन सिनेमा टाइम्सले छिट्टै नै प्रस्तुत गर्नेछ । असिम शाह निर्देशित सिनेमाले समिक्षक र दर्शकबाट मिश्रीत प्रतिक्रिया पाएको छ । समिक्षाको असर सोमबार देखि बक्सअफिसमा पर्नेछ ।

कमेडी जनरामा निर्मित सिनेमामा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, बुद्दी तामाङ, टिका पहारी, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।