बाढीबाट घाइतेका लागि चलचित्र पत्रकार संघले रगत संकलन गर्यो !

बाढीबाट घाइतेका लागि चलचित्र पत्रकार संघले रगत संकलन गर्यो !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालले बाढी-पहिरोमा परि घाइते भएकाहरुलाई सहयोगको निमित्त रगत संकलन गरेको छ । बुधबार राजधानीमा रक्तदान कार्यक्रम गर्दै संघले घाइतेका लागि रगत संकलन गर्यो ।

रक्तदान कार्यक्रममा झन्डै २ सय जनाको उपस्थिति रह्यो । त्यसमध्ये ८१ जना रगतदानको लागि सक्षम भए । अन्यले भने विभिन्न शारीरिक समस्याका कारण रक्तदान गर्न सकेनन् ।

संघका अध्यक्ष संदीप सापकोटाका अनुसार नेपाल रेडक्रसको माध्यमबाट संकलित रकम सिधै बाढी प्रभावित क्षेत्रमा पुर्याइने छ । केहि नेपाली सिनेकर्मीले समेत रक्तदान गरेका थिए । यस्तै रक्तदान कार्यक्रममा टिभी फिल्मी प्रमुख निकिता पौडेलले बाढी पिडितका लागि नगद १० हजार सहयोग गरिन ।