रेनाशाको निर्देशनमा ‘इन्टु मिन्टु लन्डनमा’ बन्ने

रेनाशाको निर्देशनमा ‘इन्टु मिन्टु लन्डनमा’ बन्ने

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । ठुलोपर्दामा कोरियोग्राफी मार्फत छुट्टै पहिचान बनाईसकेकी रेनाशा राईले अब फिल्म निर्देशन गर्ने भएकी छन् । शुक्रबार राजधानीमा एक प्रेसभेटघाट आयोजना गरेर राईको डेब्यु निर्देशन रहने ‘इन्टु मिन्टु लन्डनमा’को बारेमा जानकारी दिइयो ।

रेनाशाले निर्देशन गर्ने यो फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाहका साथै नयाँ कलाकार धिरज मगर, सरुक ताम्राकार, बिबेक लिम्बु र सुनिशा बजगाईं लगायतका कलाकारको अभिनय रहनेछ । ५३ दिनको छायांकन अवधी राखेको फिल्मलाई असार २ देखि साउन २३ गतेसम्म नेपालसंगै युकेमा खिचिनेछ ।

आईकोर फिल्मसको व्यानरमा निर्माण गरिने रोमान्टिक ड्रामामा प्रभु एसजेबी राना र प्रज्वल एसजेबी रानाको लगानी रहनेछ । फिल्ममा टिसुजिल कर्मचार्य, हर्कुलस बस्नेत, र स्वप्न सुमनको संगीत रहने बताइएको छ । फिल्मको लागी अहिले राजन खतिवडाले कलाकारहरुलाई अभिनयको प्रशिक्षण दिईरहेका छन् ।

नेपाली फिल्ममा गरेको नृत्य निर्देशनबाट दर्शकले दिएको हौसला र मायाले आफुले पहिलो पटक फिल्म निर्देशनमा हात हालेको रेनाशाले बताइन । साथै ‘इन्टु मिन्टु’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको पनी बताइन । जसरी कोरियोग्राफीमा राईले उत्कृष्ट काम गरेकी थिइन्, त्यसरीनै यो फिल्ममा राम्रो काम गरेर दर्शकको मन जित्ने आशा व्यक्त गरिन ।

तस्विर: ज्ञानु राई