दुई दिनमा कति कमायो ‘म यस्तो गीत गाउँछु’ले !

दुई दिनमा कति कमायो ‘म यस्तो गीत गाउँछु’ले !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबार देखि प्रदर्शनमा आएको सिनेमा ‘म यस्तो गीत गाउँछु’ बक्सअफिसमा तहल्का पिटेको छ । सुदर्शन थापा निर्देशित सिनेमाले प्रदर्शनको तेस्रो दिनसम्म पनि देशभर हाउसफुल व्यापार गरेको छ ।

द सिनेमा टाइम्सलाई यो सिनेमाको दुई दिने कलेक्सन प्राप्त भएको छ । काठमाडौँ बाहिर सिनेमा वितरणको जिम्मा लिएका मनोज राठीले दिएको जानकारी अनुसार ‘म यस्तो गीत गाउँछु’ले ६० लाख ग्रस कलेक्सन गरेको छ । लामो समय पछी दर्शक हलसम्म ओइरिएको जानकारी दिदै आइतबारसम्म सिनेमाको दर्शकमा गिरावट भन्दा पनि उच्च चाप बढ्दै गएको जानकारी दिए ।

त्यस्तै काठमाडौँ भित्र सिनेमाले दुई दिनम १ करोड २० लाखको ग्रस कलेक्सन गरेको वितरक रेखा थापाले जानकारी दिएकी छन् । रेखाले यसै सिनेमाबाट वितरणमा समेत हात हालेकी हुन् । रेखा इन्टरटेनमेन्टबाट काठमाडौँ उपत्यकामा सिनेमा वितरण गरेकी रेखाले सिनेमाको अत्याधिक माँगका कारण राजधानीमा थुप्रै हलमा शोज र पर्दा थप गरिएको बताइन ।

पल शाह र पुजा शर्मा मुख्य भूमिकामा अभिनित सिनेमाको दुई दिने कलेक्सन १ करोड ८० लाख पुगेको छ । यो कलेक्सन वर्षकै उत्कृष्ट हो ।

यो पनि पढ्नुस:-

क्युएफएक्समा ‘म यस्तो गीत गाउँछु’द्वारा हलिउड र बलिउड रिप्लेस !