देशभर ‘म यस्तो गीत गाउँछु’ हाउसफुल, राजधानीमा बन्यो नयाँ रेकर्ड !

देशभर ‘म यस्तो गीत गाउँछु’ हाउसफुल, राजधानीमा बन्यो नयाँ रेकर्ड !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । हिजो शुक्रबार देखि प्रदर्शनमा आएको सिनेमा ‘म यस्तो गीत गाउँछु’ले बक्सअफिसमा आँधी सिर्जना गरेको छ । शुक्रबार देशभरका हलमा ८० प्रतिशत अकुपेन्सी कायम गरेको सिनेमा शनिबार अलनेपाल हाउसफुल रहेको जानकारी आएको छ ।

राजधानीको गोपीकृष्णका ७ मध्येका ५ हल, गुणका ९ मध्येका ५ हल हाउसफुल भएका छन् । त्यस्तै गङ्गामा दिउसोको शोमा दुवै हलमा ‘म यस्तो गीत गाउँछु’ हाउसफुल भएका छन् । गंगाबाट अर्को सिनेमालाई उतारिएको छ । त्यस्तै राजधानीको अष्टनारायणका ४ ओटै हल ‘म यस्तो गीत गाउँछु’का दर्शकले भरिएका छन् । ३ ओटा हलमा लगाइएको सिनेमाका दर्शक बढी भएपछी ३ बजेको शोमा अर्को सिनेमा उतारेर ‘म यस्तो गीत गाउँछु’ प्रदर्शन गरिएको वितरक गोपाल कायस्थ जानकारी दिए ।

गोपीकृष्ण मुभिज

अष्टनारायण पिक्चर्समा चार वटै हल हाउसफुल हुनु भनेको पहिलो रेकर्ड हो । वितरक कायस्थ हर्षित मुद्रामा गफिए । त्यस्तै देशभरका कतिपय मल्टीप्लेक्समा सिनेमाले हाउसफुलको व्यापार गरेको छ । भने, रिलिज भएका जति पर्दामा ८० प्रतिशत भन्दा माथि अकुपेन्सी छ । मल्टीप्लेक्समा रिलिज भएका हलिउड र बलिउड सिनेमा भन्दा ‘म यस्तो गीत गाउँछु’को दर्शक धेरै रहेको हलवालाहरुले बताएका छन् ।

अष्टनारायण पिक्चर्स प्रालि

शनिबार राजधानीका प्रमुख हलहरुमा पल शाह, पुजा शर्मा, सुदर्शन थापा लगायत दर्शक प्रतिक्रिया बुझ्न पुगे । जहाँ दर्शकको उत्साहपूर्ण  माया पाउँदा हर्षित देखिए । सुदर्शन थापा निर्देशित सिनेमाले दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । सिनेमामा पल शाह, पुजा शर्मा, सरोज खनाल, रुपा  राना, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।