पोस्टरमा महशुस गर्नुहोस् पल र पुजाको प्रेम !

पोस्टरमा महशुस गर्नुहोस् पल र पुजाको प्रेम !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । असार ३० मा प्रदर्शन हुने ‘म यस्तो गीत गाउँछु’ चर्चामा रहेको सिनेमा हो । सार्वजनिक गीत र ट्रेलरले नै सिनेमालाई उच्चतम चर्चा दिलाएको छ ।

गीत/संगीतले सबैको मोबाइल र मुखमा स्थान पाईसकेको छ । ‘भन्छु आजदेखि किन आजकल’सम्मका गीतले खुबै राम्रो प्रशंसा बटुलिरहेका छन् । अर्जुन पोखरेलले चलचित्रमा संगीत भरेका छन् ।
पल र पूजाको जोडीको चर्चा, सुदर्शनको लभ स्टोरी मेकिङमा एक प्रकारको ब्रान्ड र संगीतका कारण ‘म यस्तो गीत गाउ“छु’ चल्ने धेरैको अपेक्षा छ ।

सिनेमाको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले पल शाह र पुजा शर्मा चित्रित तिन पोस्टर सार्वजनिक गरेको छ ।  जहाँ पोस्टर हेरेरै मुख्य कलाकारको प्रेम महशुस गर्न सकिन्छ । पहिलो पोस्टरमा सुखद, दोस्रोमा रोमान्टिक र तेस्रोमा प्रेमिल विछोडका आकृति प्रस्तुत गरिएको छ । पोस्टरले दर्शकलाई सिनेमाबारे केहि जान्न र उत्सुकता प्रदान गर्न सक्छ । लभस्टोरी सिनेमाका लागि आफ्नो गहिरो परिचय दिईसकेका निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु’बाट अत्याधिक अपेक्षा राखेको बताउछन ।

‘म यस्तो गीत गाउँछु’मा पल र पुजासँगै सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ । पुजा र सुदर्शनको संयुक्त लगानी रहेको सिनेमाको पटकथा सुदर्शन थापाले दिनेश न्यौपानेसँगको सहकार्यमा लेखेका हुन् ।