MYGG: चार दिने कलेक्सन, शुक्रबारबाट अन्य हल थपिने !

MYGG: चार दिने कलेक्सन, शुक्रबारबाट अन्य हल थपिने !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । सुदर्शन थापा निर्देशित सिनेमा ‘म यस्तो गीत गाउँछु’ले प्रदर्शनको पाँचौ दिनसम्म आईपुग्दा पनि उत्साहजनक व्यापारलाई निरन्तरता दिईरहेको छ ।

सँगै प्रदर्शनमा आएका नेपाली, बलिउड र हलिउड सिनेमालाई ‘म यस्तो गीत गाउँछु’ले बक्सअफिस दौडमा निकै पछाडी छोडेको छ । शुक्रबार प्रदर्शनमा आएको सिनेमाले ३ दिनमा २.७० करोड ग्रस कलेक्सन गर्न सफल भयो । दुई दिनमा १.८० करोड ग्रस कलेक्सन गरेको सिनेमाले आइतबार ९० लाख र सोमबार ४६ लाख ग्रस कलेक्सन गर्न सफल भएको छ ।

वितरक गोपाल कायस्थ र मनोज राठीका अनुसार ‘म यस्तो गीत गाउँछु’ले सोमबार राजधानीबाट २६ लाख र राजधानी बाहिरबाट २० लाख ग्रस कलेक्सन गर्यो । जुन चौथों दिनको लागि सुखद कलेक्सन हो । सिनेमाले चार दिनमा टोटल ग्रस ३.१६ करोड पुर्याएको छ ।

राजधानी बाहिर सिनेमा वितरण गरेका मनोज राठीले शुक्रबारबाट रिलिज नभएका स्टेसनमा हल थप्ने जानकारी दिए । दर्शकको साथ राम्रो पाइरहेकाले अन्य सिनेमालाई हटाएर ‘म यस्तो गीत गाउँछु’को लागि हल थपिने बताए ।

अर्जुन पोखरेलद्वारा संगीतवद्द सिनेमामा पल शाह, पुजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।