पाँच दिनमै तोडियो ‘बाहुबली’को रेकर्ड

पाँच दिनमै तोडियो ‘बाहुबली’को रेकर्ड

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । ‘बाहुबली २’ले विश्वव्यापी आक्रामक कलेक्सनलाई निरन्तरता दिएको छ । फिल्मले मात्र पाँच दिनमा ७ सय करोड (७ अर्ब) को माइलस्टोन पार गरेको छ । पाँचौ दिनसम्म आईपुग्दा फिल्मले विश्वव्यापी कलेक्सन ७ सय १० करोड भारु पुर्याएको छ ।

फिल्मले हिन्दी भर्सनमा १ सय ९६ करोड नेट कलेक्सन गरेको छ । तामिल, तलेगु र मयालयम भर्सनमा २ सय २४ करोड नेट कमाएको भारतीय अनलाइन ‘कोइमोई डटकम’ले लेखेको छ । फिल्मको भारतीय ग्रस कलेक्सन ५ सय ६५ करोड पुगेको छ । त्यस्तै भारत भन्दा बाहिर फिल्मले पाँच दिनमै १ सय ४५ करोडको व्यापार गरेको छ ।

यो कलेक्सनसंगै फिल्मले ‘बाहुबली’को विश्वव्यापी लाइफटाईम कलेक्सनलाई ५ दिनमै उछिनेको छ । बाहुबलीको पहिलो भागले ६ सय ५५ करोड भारु कमाएको थियो । अब ‘बाहुबली २’ दक्षिण भारतकै सर्वाधिक कमाउने फिल्म बनेको छ । भारतीय फिल्मको इतिहास ब्रेक गर्न ‘बाहुबली २’को अगाडी अब ‘दंगल’ र ‘पिके’ रहेका छन् । ‘दंगल’को विश्वव्यापी कलेक्सन ७ सय ४२ करोड छ । त्यस्तै भारतीय फिल्मको इतिहासमा सर्वाधिक व्यापार गर्ने ‘पिके’को कलेक्सन ७ सय ९२ करोड छ । ‘बाहुबली २’ले यो रेकर्ड पहिलो सातामै तोड्नेछ ।