नेपाली चेली तेरियालाई झलक दिखलाजामा जिताऔं अभियान सुरु, भोट गर्ने तरिका सहित

नेपाली चेली तेरियालाई झलक दिखलाजामा जिताऔं अभियान सुरु, भोट गर्ने तरिका सहित

The Cinema Times

सन् २०१२को चर्चित भारतिय टेलिभिजन रियालिटी शो ‘डीआइडी-३ को विजेता वुटवलकी तेरिया फौज मगर अर्को सफल डान्स रियालिटी शो ‘झलक दिखलाजा’को फाइनलमा पुगेकी छिन् ।

आगामी जनवरी २१ मा भव्य फाइनल हुने यो शोमा तेरियालाई फेरी जिताउन अभियान सुरु गरिएको छ ।  ‘तेरिया जिताऔं’ अभियानको आज काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गरि थालनी गरिएको हो । उनलाई जिताउनका लागि धेरै भन्दा धेरै एसएमएस गर्न आब्हान गरिएको छ ।

तेरियालाई जिताउनका लागि नेपाल, भारत लगायतका बिश्वभरबाट एसएमएस र अनलाइनट भोटिङ पनि गर्न सकिनेछ । एसएमएस अनि अनलाइन भोटिंग एउटा सिम र एउटा पीसीबाट सय पटकसम्म भोट गर्न सकिने जानकारी उक्त अभियानले दिएको छ ।

जनवरी १४ बाट सुरु भएको भोटिङ प्रक्रिया जनवरी १९ राती ९ बजेसम्म भोटिंग गर्न सकिने छ । तलको लिंक र पक्रिया बाट तेरियालाई भोट गर्न सकिनेछः

Voting Details :

Type “TER” & send to 56882 (for those who are in India)

Online voting website : www.colorstv.com/jhalak