११ फोटोमा हेर्नुहोस् लभ साशा प्रिमियरमा पुगेका सेलिब्रेटीहरुको अन्दाज

११ फोटोमा हेर्नुहोस् लभ साशा प्रिमियरमा पुगेका सेलिब्रेटीहरुको अन्दाज

The Cinema Times

मंगलबार साँझ फिल्म लभ साशाको रेड कार्पेट प्रिमियर गरिएको छ । राजधानीको क्युएफएक्स कुमारी हलमा आयोजित भब्य प्रिमियरमा सिने क्षेत्रका प्राय हस्तीहरुको उपस्थिति थियो ।

प्रिमियरमा सिनेमाकी अभिनेत्री केकी अधिकारी निकै सजिएर रातो गाउनमा आएकी थिईन । केकी संगै प्रियंका कर्मी, रीमा विश्वकर्म, बेनिशा हमाल, ऋचा शर्मा, निशा अधिकारी लगायत अभिनेत्रीहरु पनि सजिएर प्रिमियरमा पुगेका थिए ।

फिल्मका अभिनेता कर्मा पनि प्रिमियरमा बनेर आएका थिए । कर्म संगै बिनय श्रेष्ठ, अर्पण थापा, निश्चल बस्नेत, भोलाराज सापकोटा लगायत अभिनेताहरु पनि प्रिमियरमा सहभागी थिए । फिल्म क्षेत्रका अग्रज कलाकारहरु, प्राबिधिकहरु, निर्माता अनि बितारखारु साथै कर्पोरेट क्षेत्राका व्यक्तित्वहरुको पनि प्रिमियरमा बाक्लो उपस्थिति थियो ।

प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्म लभ साशालाई प्रिमियरमा सुखद प्रतिक्रिया मिल्यो । प्रिमियरमा फिल्म हेर्ने जाति सिनेकर्मीले फिल्म राम्रो कलरफुल बनेको  प्रतिक्रिया दिए । फिल्मका निर्माता माधव वाग्ले सबैको प्रतिकृया बाट दंग देखिन्थे ।

हेर्नुहोस् प्रिमियारका फोटोहरु:

Photos: Love Sasha Facebook Page