झन्डै हप्ता दिन अघि मात्र अभिनेता सौगात मल्ल फिल्म बमकाजीको छयांकनका लागी मनास्लु बेसक्याम्प पुगेका थिए । बमकाजीको छायाँकन चलिरहेकै बेला, फिल्म शब्दकी अभिनेत्री एबं निर्मात्री कमली वाईवा सौगातलाई भेट्न उनि भएकै ठाउँ सामागाउँ पुगिन् त्यो पनि हेलीकप्टर चार्टर नै गरेर !
कमलीले सौगातलाई भेटिन् अनि आफुसंगै काठमाडौं ल्याईन्, किन उनले यसो गरिन? यसबारे बुझ्दा थाहा भयो की, नेपालसँगै एकसाथ अष्ट्रेलियामा रिलिज हुन लागेको फिल्मको प्रदर्शनीमा सहभागी हुन लागेका सौगातको भिषा प्रक्रिया अड्केपछि कमली सौगात लिन हेलीकप्टर चार्टर गरेर त्यहाँ पुगेको रहिछिन् ।
गत शुक्रबार बमकाजीको सुटिंग छाडी सौगात ३ घण्टाका लागी काठमाडौँ आए र आफ्नो काम सकि फेरी उनि उतै फर्किए । जानकारीमा आए अनुसार कमलीले अष्ट्रेलियाको सिड्नी, ब्रिसबेन, मेल्वर्न लगायतका विभिन्न पाँच शहरमा हुने फिल्मको प्रदर्शनीमा सौगात र कमली सहभागी हुदैछन् ।
सन्तोष शिवाकोटी निर्देशित फिल्म शब्दमा आगामी पुष २९ गते रिलिज हुदैछ । सौगात र कमलीसँगै अनुभव रेग्मी, रोयदिप, ओशिन भट्टराई, ए गुरुङ लिड रोलमा छन् । फिल्ममा विष्णुकुमार थेबे र छिरिङ लामाको लगानी छ ।
Comment