Friday Release: दुई बिदेशी फिल्मका अगाडी निरिह दुई स्वदेशी फिल्म

Friday Release: दुई बिदेशी फिल्मका अगाडी निरिह दुई स्वदेशी फिल्म

The Cinema Times

शुक्रबारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । “प्रेमी” र “तिमि बिना जिउनु  छैन” नामक दुई फिल्मको यसअघी न कुनै हल्ला थियो नकुनै प्रचारप्रसार नै ।

हलमा चलाउनका लागी मात्र यी दुई फिल्म रिलिजको एकदिन अघि पोस्टर टास्दै प्रर्दशनमा आएको देखिन्छ । फिल्म प्रेमीलाई बिबेक थापाले निर्देशन गरेका हुन् भने यसअघी कहिल्यै नदेखिएका कलाकारहरुको फिल्ममा अभिनय छ ।

उता तिमि बिना जिउनु छैनमा आयुष रिजाल र नम्रता सापकोटा अभिनय छ । चर्को प्रचारबाजी गरिएका र स्टारकास्ट भएका फिल्महरुले त राम्रो बिजनेश नगरेको यो अवस्थामा यी दुई फिल्महरु चल्न आधारहरु देखिदैनन ।

राम्रा फिल्महरुले बक्स अफिसमा राम्रो बिजनेश गरिरहेका बेला यी फिल्महरु प्रर्दशनमा आउनु भनेको दर्शक भड्काउने अनि रिलिजका क्रममा रहेका राम्रा फिल्महरुलाई समेत असर पर्नु हो ।
उता बलिउड फिल्म बजा तुम हो र हलिउड फिल्म रुग वान: अ स्टार वार्स स्टोरी समेत नेपाली पर्दाहरुमा रिलिज भएका छन् । नेपाली ठुला फिल्म रिलिज नरहेका कारण पनि यी दुई फिल्महरुले सिंगल र मल्टिप्लेक्समा राम्रै बिजनेस गर्ने देखिन्छ ।