‘लिलिबिली’का ३ पोस्टर सार्वजनिक

‘लिलिबिली’का ३ पोस्टर सार्वजनिक

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – यो वर्षको अन्तिम प्रतिक्षित सिनेमा हो, ‘लिलिबिली’ । गीत/संगीत, मल्टीस्टार, निर्देशक र निर्माण टिमका कारण ‘लिलिबिली’ सबैको प्रतिक्षामा छ ।

सिनेमाका दुई गीत र ट्रेलर सार्वजनिक भैसकेका छन् । यसै बीच चैत ३० गते रिलिज हुने सिनेमाको ३ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तिनै पोस्टरमा प्रदीप खड्का र जसिता गुरुङ मात्र फिचरिङ छन् । यसअघि सार्वजनिक भएका दुई गीतमा प्रदीप र जसिताको जोडीलाई दर्शकले रुचाइसकेका छन् । सिनेमा रिलिज आगाडी नै यो जोडी दर्शकको नजरमा पर्दा ‘लिलिबिली’ले बक्स अफिसमा पनि राम्रो कमाई गर्ने आशा गरिएको छ ।

सिनेमामा प्रियंका कार्की, अनुपबिक्रम शाही र सविन श्रेष्ठको पनि अभिनय रहेको छ । रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले प्रचारप्रसार तीव्र बनाउदै छ । फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।