‘मसान’ पछी सर्वाधिक प्रसंसा ‘पंचायत’मा पाए – निता ढुंगाना

‘मसान’ पछी सर्वाधिक प्रसंसा ‘पंचायत’मा पाए – निता ढुंगाना

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – चैत २ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘पंचायत’ अहिले चर्चामा छ । अझ त्यो भन्दा चर्चा अभिनेत्री निता ढुंगानाको । सिनेमामा निर्वाह गरेको भूमिकाबाट नितालाई यतिबेला बधाईको ओइरो नै लागेको छ ।

अमेरिकाको सनफ्रान्सीस्को इन्टरनेशनल फिल्म फेस्टिवलमा निताले उकृष्ट अभिनेत्रीको अवार्ड पाउँदा ‘पंचायत’ उत्कृष्ट सिनेमामा दरियो । अन्तर्राष्ट्रिय फेस्टिभलमा राम्रो स्थान पाएकोले नै सिनेमा नेपाली दर्शक माझ प्रतिक्षित छ ।

शिवम अधिकारी निर्देशित सिनेमामा निता ५० बर्ष अगाडीको एक किशोरीको भूमिकामा प्रस्तुत भएकी छन् । फागुन २५ गते राजधानीमा गरिएको ‘पंचायत’ भिआईपी शोबाट निताको अभिनयलाई पत्रकार, सिनेकर्मीदेखि राजनीतिक दलका शिर्ष नेताहरुले पनि प्रसंसा गरे ।

निता भन्छिन् ‘सिनेमा मसानपछि सबैभन्दा बढी तारिफ पाएको सिनेमा पञ्चायतहो, जसले मलाई विश्वकै उत्कृष्ट अवार्ड दिलायो, फिल्मले कस्तो भाव बोकेको छ भन्ने त्यसैबाट झल्किन्छ ।

५० वर्ष अगाडीको सामाजिक संरचना र उक्त समयका किशोरीहरुको यौन मनोबिज्ञानलाई समाजले हेर्ने दृष्टिकोण प्रस्तुत गरिएको  सिनेमामा सरोज खनाल, रुपा राना, निता ढुंगाना, गणेश गिरी, जाहन्वी बस्नेत, गीता अधिकारी, विशाल पहाडी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

‘पंचायत’मा टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायाँकन, विपिन मल्लको सम्पादन रहेको छ । गणेश गिरी प्रस्तुतकर्ता रहेको ‘पंचायत’को निर्मातामा सुशान्त कुमार श्रेष्ठ र शंकर प्रसाद सुवेदी छन् । सिनेमाका कार्यकारी निर्माता रवी अधिकारी हुन् । भने, सहनिर्मातामा मेनुका प्रधान रहेकी छन् ।

तस्विर: कुशल राई