प्रिमियरमा रुचाइयो ‘ब्लाइन्ड रक्स’, बेनिशाको अभिनयको तारिफ

प्रिमियरमा रुचाइयो ‘ब्लाइन्ड रक्स’, बेनिशाको अभिनयको तारिफ

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – मिलन चाम्स निर्देशित सिनेमा ‘ब्लाइन्ड रक्स’को प्रिमियर सम्पन्न भएको छ । प्राय: सिनेमाले साँझपख प्रिमियर राख्ने गर्दछन् । तर, ‘ब्लाइन्ड रक्स’ले बुधबार विहानै प्रिमियर सम्पन्न गर्यो ।

दृष्टिविहिन सृष्टि केसी माथिको जीवनीमा आधारित सिनेमाको प्रिमियरमा सिनेमा क्षेत्रका चर्चित व्यक्ति र पत्रकारको उपस्थिति थियो । प्रिमियर पश्चात सबैले राम्रो सिनेमा हेर्न पाएको प्रतिक्रिया दिए । खासगरि अभिनेत्री बेनिशा हमालले अभिनयबाट तारिफ बटुलिन । सिनेमामा बेनिशाले सृष्टिको भूमिका निर्वाह गरेकी छन् ।

प्रिमियरमा दीपाश्री निरौला, बेनिशा हमाल, गौरी मल्ल, केकी अधिकारी, रिमा विश्वकर्मा, प्रदीप खड्का, मिलन चाम्स, प्रदीप भारद्वाज लगायतका सिनेकर्मीसँगै सृष्टि केसीको पनि उपस्थिति रहेको थियो ।

सिनेमामा बेनिषाका अलावा गौरी मल्ल, अर्पण थापा, अनिल शाह, बसन्त भट्ट लगायतको अभिनय छ ।  एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा सिनेमा निर्माण भएको हो । ‘ब्लाइन्ड रक्स’ होलिको अवसर पारेर फागुन १८ गते रिलिज हुदैछ ।

तस्विर: कुशल & उद्दव