शत्रुगते पोस्टर: के पल र आँचल हुन् मुख्य पात्र ?

शत्रुगते पोस्टर: के पल र आँचल हुन् मुख्य पात्र ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – चर्चा र प्रतिक्षामा रहेको सिनेमा ‘शत्रु गते’को पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाका मुख्य कलाकारहरुलाई स्थान दिईएको पोस्टरबाट पात्रहरुको भूमिका अनुमान गर्न सकिन्छ ।

पोस्टरमा पल शाह र आँचल शर्मा बेहुला-बेहुली बनेका छन् । भने, दीपाश्री निरौला र हरिबंश आचार्य रोमान्टिक मूडमा देखिएका छन् । त्यस्तै प्रहरी पोशाकमा देखिएकी प्रियंका कार्कीको प्रेमी दीपकराज गिरी हुन् सक्ने अनुमान लगाउन सकिन्छ ।

मल्टीस्टारर सिनेमाको एक पोस्टरमा सिनेमाका सबै कलाकार छन् । ‘सिनेमाको पोस्टर कथाको थिम र क्यारेक्टर अनुसारनै तयार गरिएको हो । केहि दिनमा हामि ट्रेलर रिलिज गर्छौ |’ निर्देशक प्रदीप भट्टराईले भने ।

श्रीधर पौडेलको फोटोग्राफी रहेको पोस्टरहरु टौवा क्रियसनले तयार गरेको हो । सिनेमालाई महसञ्चारको व्यानरमा निर्माण गरिएको छ, भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । सिनेमामा हरिवंश आचार्यको कथा रहेको छ ।

पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । सिनेमा चैत्र ९ मा रिलिज हुनेछ ।