‘कान्छी’लाई दर्शकको साथ, फ्यानको भिडमा दया र श्वेता

‘कान्छी’लाई दर्शकको साथ, फ्यानको भिडमा दया र श्वेता

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – शुकबारबाट सोलो रिलिज भएको सिनेमा ‘कान्छी’ले पहिलो दुईमा दर्शकको राम्रो साथ पाएको छ । शुक्रबार देशभरका हल ६५ प्रतिशत भरिदा शनिबार लगभग सबैजसो हाउसफुल भए ।

सिनेमाको दर्शक प्रतिक्रिया लिन शनिबार राजधानीका मेजर हलहरुमा सिनेमाको टिम पुगेको थियो । जहाँ दर्शकले ‘कान्छी’ मन परेको भन्दै कलाकारसँगै ‘जय कान्छी’ भन्न भ्याए । जुन माहोलमा निर्मात्री एवं अभिनेत्री श्वेता खड्का खुसि देखिइन् ।

‘गोपीकृष्ण हलको दिवा सोजमा चार पर्दा हाउसफुल भएपछी दर्शक टिकट नपाएपछी बाहिरै बस्न बाध्य भए । उनिहरुले ब्ल्याकको टिकटसमेत पाएनन् । ‘कान्छी’को यो व्यापार सुपरहिट हो ।’ वितरक गोपाल कायस्थले भने ।

‘कान्छी’को दर्शक प्रतिक्रिया लिन श्वेतासँगै दयाहाङ राई, प्रज्वलसुजल गिरी र निर्देशक आकाश अधिकारी पनि हल परिसर पुगेका थिए । शुक्रबार राजधानीमा सम्पन्न प्रेस सोबाट ‘कान्छी’ले सकारात्मक प्रतिक्रिया पाएको थियो ।

आकाश अधिकारी निर्देशित सिनेमाले प्रदर्शन अगावै लगानी सुरक्षित गरिसकेको छ । अबको व्यापार नाफा र बक्सअफिस ट्याग (हिट/सुपरहिट/एभरेज)का निमित्त हुनेछ ।

श्वेतासँगै शैलेश खड्का र रविन खड्काको लगानी रहेको सिनेमामा निर शाह कामेश्वर चौरसिया, अनु शाह, आशान्त शर्मा र भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ । यम थापाको लेखन रहेको सिनेमामा पुरुषोत्तम प्रधानको छायाँकन, अर्जुन पोखरेल, राजनराज सिवाकोटी र शम्भुजित बाँस्कोटाको संगीत छ ।