थाहा पाउनुहोस् ‘कृ’को दुई दिने कलेक्सन

थाहा पाउनुहोस् ‘कृ’को दुई दिने कलेक्सन

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – अनमोल केसी स्टारर सिनेमा ‘कृ’ सुरुवाती दुई दिनमा उत्साहजनक व्यापार गरेको छ । मिस्रित प्रतिक्रिया पाइरहेको सिनेमाले अनमोलकै स्टारडमका कारण यस किसिमको व्यापार गर्न सफल भएको हो ।

पहिलो दिन देशभरबाट ९७ लाख ३ सय ७५ रुपैयाँको ग्रस कारोबार गरेको ‘कृ’ले शनिबारको कलेक्सनमा छलाङ लगाएको छ । यसको दोस्रो दिनको कलेक्सन १ करोड ६८ लाख ५३ हजार २ सय ३३ रुपैयाँ ग्रस छ ।

यसअर्थमा सिनेमाको दुई दिने कलेक्सन २ करोड ६५ लाख ५३ हजार ६ सय ८ हुन् आउँछ । पहिलो दिनको कलेक्सनमा राजधानीबाट ६१ लाख १३ हजार ५ सय ६३ र मोफसलबाट ३५ लाख ८६ हजार ७ सय ९४ रुपैयाँको योगदान छ । त्यस्तै दोस्रो दिनमा राजधानीबाट १ करोड ४ लाख ९६ हजार २ सय ९७ रुपैयाँ ग्रस हुँदा मोफसलबाट ६३ लाख ५६ हजार ९ सय ३६ रुपैयाँ योगदान छ ।

सुरेन्द्र पौडेल निर्देशित सिनेमामा अनमोलका अलावा अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ । सिनेमामा भुवन केसी र सुवास गिरीको लगानी छ । ‘कृ’मा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष पाण्डेको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद रहेको छ ।

हलमा अनमोलको स्टारडम, शनिबार देशैभर ‘कृ’ हाउसफुल