१ वर्ष भित्र देशैभर बक्सअफिस सिस्टम: निकिता पौडेल

१ वर्ष भित्र देशैभर बक्सअफिस सिस्टम: निकिता पौडेल

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र विकास बोर्डले आगामी वर्षको माघ १ गतेसम्म देशभरका सिनेमा हलहरुमा बक्सअफिस सिस्टम लागु गर्ने भएको छ ।

बोर्ड अध्यक्ष निकिता पौडेलले माघ ११ गते जारी गरेको प्रेसबिज्ञप्तिमा राजधानी भित्रका हलहरुमा २०७५ को बैशाख १ बाट सफ्टवेयर प्रारम्भिक परिक्षण सुरु हुने उल्लेख गरिएको छ । भने, साउन १ गतेसम्म राजधानीका सम्पूर्ण हलहरुमा बक्सअफिस सिस्टम सुरु हुनेछ ।

त्यस्तै देशैभरका हलहरुमा माघ १ गतेसम्म बक्सअफिस सिस्टम लागु गर्ने विज्ञप्तिमा उल्लेख छ । साथै, बोर्डले २०७४ चैत मसान्तसम्म राजधानीमा ई-टिकेटिङ जडान नभएका हलहरुलाई अनिवार्य रुपमा बक्सअफिस म्यानेजमेन्ट सिस्टम जडान गर्नलाई, आवश्यक पर्ने हार्डवेयरका समान तथा इन्टरनेट सेवा जडान गर्न आग्रह गरेको छ ।

बक्सअफिस कार्यान्वयन समितीको सदस्यहरुमा प्रदीप कुमार उदय, आकाश अधिकारी, कपिल पराजुली र प्रभाकर भट्टराई रहेका छन् । लामो समय देखि चर्चा र विवादमा रहेको बक्सअफिस सिस्टम लागु भएपछी सम्पूर्ण सिनेमा क्षेत्रलाई हित हुनेछ ।