‘ब्ल्याक एण्ड ह्वाइट’मा ‘बटरफ्लाई’ जोडी (फोटोफिचर)

‘ब्ल्याक एण्ड ह्वाइट’मा ‘बटरफ्लाई’ जोडी (फोटोफिचर)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – प्रियंका कार्की र आर्यन अधिकारीले पहिलो पटक सँगै स्क्रिन शेयर गरेको सिनेमा ‘बटरफ्लाई’ यहिँ पुष २८ गतेबाट अलनेपाल रिलिज हुँदैछ ।

ओमप्रतीक गुरुङ निर्देशित सिनेमाले रिलिजको अन्तिम साता बाँकी रहँदा प्रचारलाई प्रथामिकता दिईरहेको छ । आइतबारबाट सिनेमाका मुख्य कलाकार प्रियंका र आर्यन पनि प्रचारमा निस्किएका छन् । आइतबारको प्रेसमिटमा यो ‘बटरफ्लाई’ जोडी ‘ब्ल्याक एण्ड ह्वाइट’ ड्रेसमा उपस्थित हुँदा क्यामराको मिठो खुराक बन्यो । प्रेसमिट सुहाएको यो जोडीलाई हलमा भने आगामी साताबाट मात्र देख्न सकिनेछ ।

सिनेमाको बारेमा बोल्दै प्रियंकाले भनिन् ‘सिनेमामा अहिलेसम्मकै भिन्न भूमिकामा प्रस्तुत भएकी छु । मलाई सिम्पल लभस्टोरीमा खेल्ने रहर थियो । र, त्यो ‘बटरफ्लाई’ले पुरा गरिदिएको छ । सिनेमाले सबैलाई बाँधेर राख्छ ।’

त्यस्तै ‘के म तिम्रो होइन र ?’ डेब्यु अभिनेता आर्यनले ‘बटरफ्लाई’ आफ्नो करियर र पूर्ण टिमले लागी चल्न आवश्यक रहेको बताए । साथै, सिनेमा राम्रो बनेको बताउदै ‘बटरफ्लाई’ हेरेर दर्शक निरास नहुने विश्वास समेत व्यक्त गरे ।

सिनेमामा आर्यन र प्रियंकाका अलावा अर्पण थापा, रविन्द्र खड्का, सुस्मा कार्की लगायतका कलाकारको अभिनय छ । द फ्रेम क्रियसनको प्रस्तुति ‘बटरफ्लाई’ (कलर्स अफ लभ)मा पुष्पाञ्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माताको रुपमा रहेका छन् । सरोज शाह र मन्दील श्रेष्ठ सहनिर्माता रहेको सिनेमाका कार्यकारी निर्माता रमेश प्रजापति हुन् ।

तस्विर: कुशल राई