‘राज्जा रानी’ हेरेर नेता लालबाबू पण्डितले के भने ?

‘राज्जा रानी’ हेरेर नेता लालबाबू पण्डितले के भने ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – बुधबार राजधानीको क्युज सिनेमामा ‘राज्जा रानी’को प्रिमियर सम्पन्न भएको छ । केकी अधिकारी, नाजीर हुसेन, कामेश्वर चौरासिया, संगीता नापित, दिपक क्षेत्री लागायत अभिनित सिनेमाको प्रिमियरमा पत्रकार तथा सिनेकर्मिको बाक्लो उपस्थीती रह्यो ।

प्रिमियरबाट सिनेमाले राम्रो प्रतिक्रिया पायो । हेरेका सम्पूर्णले राम्रो सिनेमा हेर्न पाएको भनि सामाजिक संजालहरुमा लेख्न भ्याएका छन् । दाइजो प्रथा र महिला हिंसाको कथामा निर्मित सिनेमा एमाले नेता तथा सांसद लालबाबु पण्डितले समेत हेरे ।

सिनेमा सकिएपछी ‘राज्जा रानी’ले उठाएको विषयबस्तुप्रति पण्डित सकारात्मक देखिए । उनले समाजमा विधमान समस्यालाई उठाएर सिनेमा निर्माण गरे, नेपाली सिनेमाले पनि भविष्यमा राम्रो बजार बनाउन सक्ने बताए । समाज परिवर्तनका लागी यस्तो सिनेमाले केहि हदसम्म भूमिका खेल्ने उनको तर्क थियो ।

‘राज्जा रानी’ प्रिमियरमा पछिल्लो छिमलका कलाकारको राम्रो उपस्थीती थियो । रमेश एमके पोडेलले निर्माण गरेको सिनेमालाई लेखक यम थापाले निर्देशन गरेका हुन । सिनेमामा अभिनेत्री रेखा थापाको  अतिथी भूमिका छ ।