दया र दीयाको जोडी !

दया र दीयाको जोडी !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – रामबाबू गुरुङ निर्देशित सिनेमा ‘मिस्टर झोले’ पुष २८ मा अलनेपाल रिलिज हुदैछ । चल्तीका कलाकार, निर्देशक र पुरै टिमका कारण ‘मिस्टर झोले’को व्यापार र कथालाई लिएर दर्शक प्रतिक्षामा छन् ।

सिनेमामा दयाहाङ राई, दीया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ । मुख्य गरेर सिनेमाको प्रचारमा मुख्य कलाकार दया र दीयानै लागि परेका छन् । दीया सिनेमाको पब्लिसिटी निमित्त केहि दिन अगाडी मात्र लण्डनबाट नेपाल आईसकेकी छन् ।

दया र दीयाले ‘मिस्टर झोले’मा गरेर दुई पटक स्क्रिन शेयर गरिसकेका छन् । यसअघि दीया डेब्यु सिनेमा ‘वीरविक्रम’मा दयाकै अपोजिट थिइन् । जुन सिनेमा बक्सअफिसमा सफल पनि भयो । त्यसैले ‘मिस्टर झोले’ हिट हुँदा यी दुईको जोडीलाई दर्शकले रुचाएको मान्न सकिन्छ ।

रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।