‘झ्यानाकुटी’लाई पिजी, हेर्नुहोस् कसले कसलाई बोके !

‘झ्यानाकुटी’लाई पिजी, हेर्नुहोस् कसले कसलाई बोके !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – मंसीर १ गते प्रदर्शनमा आउँन लागेको सिनेमा ‘झ्यानाकुटी’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । पिजीको नियम अनुसार अब यो सिनेमालाई १६ वर्ष भन्दा कम उमेरका दर्शकले अभिभावकको निगरानीमा हेर्नुपर्नेछ ।

अहिले सिनेमा बजारमा ‘झ्यानाकुटी पोज’ लोकप्रिय भैरहेको छ । आफ्नो जोडी, मायालुलाई जुरुक्कै बोकेका फोटोहरु सामाजिक संजालमा भाईरल भैरहेका छन् । यो फोटो कन्टेस्टमा आम दर्शक देखि लिएर सेलेब्रेटीले पनि सहभागिता जनाईरहेका छन् ।

फोटो कन्टेस्टले नै चर्चा पाएपछी यति बेला सिनेमाकी निर्माता निशा अधिकारी सकारात्मक छिन् । उनि भन्छिन: ‘यतिको साथ् पाइन्छ भन्ने सोचेकी थिइन् तर दर्शकको चासोसंगै सहकर्मीले साथ् दिदा निकै खुसि लाग्दो रहेछ । सिनेमाले दर्शकको समय र पैसाको सदुपयोग गर्छ , ढुक्क हुनुस ।’

गाउँले परिवेशको शुद्ध नेपाली कथामा निर्माण भएको सिनेमाले पिजी सर्टिफिकेट पाउँदा निर्देशक सिमोस सुनुवार पनि सकारात्मक देखिएका छन् । सिमोस भन्छन: ‘सिनेमालाई सेन्सरले पिजी दिएता पनि त्यस्तो केहि छैन । सिनेमा हेरेपछि आफ्नै गाउघरको कथा फिल गर्नु हुनेछ ।’

कन्टेस्टमा भाग लिन प्रेमिका वा श्रीमतीले प्रेमी वा श्रीमानलाई बोकेको तस्वीर फेसबुकमा #Nov17 / #Jhyanakuti मेन्सन गर्दै झ्यानाकुटी फेसबुक पेजलाई ट्याग गरेर फेसबुकमा अपलोड गर्नु पर्ने हुन्छ । त्यहाँ अपलोड गरिएका तस्वीर मध्य सबैभन्दा बढी लाइक पाउनेले ५१ हजार नगद पनि पाउने छन् ।

प्रदीप भारद्वाजले लेखेको सिनेमामा सौगात मल्ल , बेनिशा हमाल , सुमी मोक्तान , एस्टल गुरुङ लगायत कलाकारको मुख्य भूमिका छ ।

अभिनेत्री दीया मास्के र अभिनेता अनोज पाण्डे ‘फाटेको जुत्ता’
अभिनेत्री रीमा विश्वकर्मा र गायक/निर्माता रविन श्रेष्ठ
अभिनेत्री ऋचा शर्मा र अनिल पराजुली
अभिनेत्री प्रियंका कार्की र अभिनेता दीपकराज गिरी
अभिनेत्री नीता ढुंगाना र निर्देशक श्याम भट्टराई
झ्यानाकुटी’ कलाकार बेनिशा हमाल र सौगात मल्ल