SUPERHIT: १० करोड क्लबमा ‘छक्का पन्जा २’

SUPERHIT: १० करोड क्लबमा ‘छक्का पन्जा २’

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ असोज ११ गते प्रर्दशनमा आएको सिनेमा ‘छक्का पन्जा २’ले ११ दिनमा १० करोड बढी कलेक्सन गरेको रिपोर्ट मोफसलका वितरक नरेन्द्र महर्जनले दिएका छन् ।

सिनेमाको कलेक्सन राजधानी भन्दा बाहिर बढी छ । महर्जनले दिएको आँकडा अनुसार सिनेमाले बाहिरबाट ५ करोड बढी कलेक्सन गर्न सफल भएको छ । प्राय: नेपाली सिनेमाको कलेक्सन मोफसलमा भन्दा राजधानीमा धेरै हुने गरेको छ । तर, ‘‘छक्का पन्जा २’को कलेक्सनले राजधानीलाई चुनौती दिएको छ । मोफसलमा बढ्दो मल्टीप्लेक्स र दशैंमा राजधानी बाहिरिएका दर्शकले गर्दा मोफसलको कलेक्सन राजधानीको भन्दा केहि उच्च भएको हो ।’ वितरक महर्जनले बताए ।

फुलपातीको अवसर पारेर बुधबारै रिलिज भएको ‘छक्का पन्जा २’ हेर्ने दर्शक भिडमा अझै कमि आएको छैन । ‘छक्का पन्जा’को ब्रान्ड भ्यालुले हलमा दर्शक तान्ने क्रम जारी छ । १६ करोड ग्रस कलेक्सन गरेको प्रिक्वेलको लाइफटाइम कलेक्सन तोड्ने दौडमा ‘छक्का पन्जा २’ छ । यहिँ व्यापारलाई निरन्तरता दिएको खण्डमा अघिल्लो सिरिजको कलेक्सनलाई यो सिनेमाले पहिलो महिनामै पछाडी छोड्नेछ ।

दीपाश्री निरौला निर्देशित सिनेमामा प्रियंका कार्की, दीपकराज गिरी, वर्षा राउत, जितु नेपाल, केदार घिमिरे, लक्ष्मी गिरी, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ ।