द सिनेमा टाइम्स, काठमाडौँ । फेसियल हाउस लेडिज एण्ड जेन्टसले एकै दिन राजधानीमा दुई ओटा शाखा विस्तार गरेको छ ।
शुक्रबार बागबजार प्लाजामा रहेको नयाँ ब्रान्च अभिनेत्री/निर्देशक दीपाश्री निरौलाले उद्घाटन गरिन् । त्यस्तै सिटिसी मलमा रहेको रहेको ब्रान्च उद्योग बाणिज्य संघकी अध्यक्ष भवानी राणा, अभिनेता रमेश उप्रेती, अभिनेत्री दीपिका प्रशाई र अभिनेता/चिकित्सक आयुष्मान घिमिरेले उद्घाटन गरे ।
२०५५ साल देखि सौन्दर्य ब्युटिसियनका रुपमा कार्यरत ‘फेसियल हाउस लेडिज एण्ड जेन्टस सैलुन’की प्रवन्ध निर्देशक सुष्मा महराले बर्षेनी ५ सय बढी सौन्दर्यकर्मी उत्पादन गर्दै रोजगारी प्रदान गरिरहेकी छन् ।
वितारित दुई लक्जरियस फेसियल हाउसबाट ग्राहकलाई अत्याधुनिक प्रविधियुक्त सेवा दिने उधेश्यले ब्रान्च स्थापना गरिएको महराले प्रष्ट पारिन् ।
Comment