‘छक्का पन्जा २’को कमेडी टुर… (फोटोफिचर)

‘छक्का पन्जा २’को कमेडी टुर… (फोटोफिचर)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । वर्षकै प्रतिक्षित सिनेमा ‘छक्का पन्जा २’ अहिले कमेडी टुरको लागि देश दौडाहको क्रममा मोफसलमा छ ।

दीपाश्री निर्देशित दोस्रो सिनेमाले ‘एक्सप्रेस कमेडी टुर’को सुरुवात झापाको दमकबाट गरेको थियो । यसक्रममा इटहरी, हेटौडा नारायणगढ हुँदै सिनेमाको जम्वो टिम पश्चिमको बुटवलमा पुगेको छ । त्यसपछी टोलि पश्चिम उत्तरको ठुलो शहर पोखरा पुग्नेछ ।

मोफसल टुरमा प्रियंका कार्की, दीपकराज गिरी, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, केदार घिमिरे, जितु नेपाल लगायतका अन्य कलाकार पनि दीपाश्रीसँगै छन् ।

दर्शकसँग प्रत्यक्ष सात्क्षात्कार गरिरहेको सिनेमाले कमेडी खुराकबाट दर्शकलाई मनोरन्जन दिईरहेको छ । असोज ११ गते रिलिज हुने सिनेमालाई कमेडी कलाकारले निर्माण गरेका हुन् ।

गीत/संगीत, ट्रेलर, हिट व्यानर, मल्टीस्टारर टिमका कारण ‘छक्का पन्जा २’ अहिले सर्वाधिक चर्चामा छ । ‘छक्का पन्जा’ले नेपाली बक्सअफिसमा सर्वाधिक कलेक्सन गरेका कारण यसको सिक्वेल बक्सअफिसमा पनि प्रतिक्षित छ ।

हेर्नुहोस् ‘छक्का पन्जा २’ एक्सप्रेस कमेडी टुरका केहि तस्विरहरु:-