पूजालाई मन पर्यो पलको सिनेमा, तीन दिने कलेक्सन कति ?

पूजालाई मन पर्यो पलको सिनेमा, तीन दिने कलेक्सन कति ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘जोनी जेन्टलम्यान’ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ ।

शुक्रबार मध्यम व्यापार गरेको सिनेमाले शनिबार करिव सबैतिर हाउसफुलको व्यापार गर्यो । सिनेमाले तिन दिनमा देशभरबाट १ करोड ५ लाख ग्रस कलेक्सन गर्न सफल भएको छ । पल शाह र आँचल शर्माको क्रेजले सुरुवाती दिनमा सिनेमाले १ करोड माथिको ग्रस कलेक्सन गर्न सफल भएको हो ।

शुक्रबार राजधानीबाट १८ लाख, मोफसलबाट १७ लाख विजनेस गर्दै सिनेमाले ३५ लाखको ओपनिङ गरेको थियो । त्यस्तै शनिबार ५५ लाख ग्रस कलेक्सन गरेको सिनेमाले आइतबार १५ लाखको व्यापार गर्यो ।

शनिबार र आइतबार सिनेमाको राजधानी कलेक्सन २८ र ११ लाख छ । त्यस्तै यी दुई दिनमा मोफसलमा २७ र ४ लाख कलेक्सन गरेको रिपोर्ट वितरक सुनिल मानन्धरले जानकारी दिएका छन् ।

नितिन चन्द निर्देशित सिनेमाले आइतबार राजधानीको बिग मुभिजमा प्रेस शो आयोजना गरेको थियो । जहाँ सिनेमाका मुख्य कलाकार पल शाह, आँचल शर्मासँगै अभिनेत्री पूजा शर्मा, अभिनेता आयुषमान देशराज जोशी, आमेश भण्डारी, निर्देशक सुदर्शन थापा लगायत सिने पत्रकारको उपस्थिति रह्यो ।

प्रेस शोमा उपस्थित सबैले राम्रो सिनेमा हेर्न पाएको प्रतिक्रिया दिए । ‘मलाई पल शाहको काम एकदमै मन पर्यो । अनि आँचलको काम पनि राम्रो छ । समग्रमा मलाई सिनेमा मन पर्यो ।’ अभिनेत्री पूजाले प्रेससँग आफ्नो प्रतिक्रिया शेयर गरिन ।

यस एक्सन लभस्टोरी सिनेमामा पल र आँचलका अलावा विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको पनि अभिनय छ । सिनेमामा एनड्रिउ पौडेल र अजय मल्लले लगानी छ ।